दुर्गेश थापा ‘आलुजस्तो गायक’ !

काठमाडौं :  गायक दुर्गेश थापाको ‘आलुजस्तो गायक’ गीत हिट भएको छ । इनाक्शी इन्टरटेन्मेन्ट नामको युट्युब च्चानलमा बिहीबार अपलोड गरिएको गीत तथा भिडियो दुई दिनमै ट्रेडिङ १  मा आइसकेको छ । यो समाचार तयार पार्दासम्म ७ लाख १० हजारभन्दा धेरै पटक युट्युबमा उनको भिडियो हेरिसकिएको छ ।

वसन्त थापाको रचना र संगीत रहेको गीतको एरेन्ज कृष्ण विकले गरेका छन् । भिडियोको कोरियोग्राफर तथा निर्देशक शिव विक हुन् । भिडियोमा गायक दुर्गेशसँगै अभिनेता पल शाह, पुष्प खड्का, सारिका केसीलगायतको अभिनय रहेको छ ।  

दुर्गेशका बारेमा विभिन्न कलाकारहरूले दिएका प्रतिक्रियाबाट भिडियोको सुरुवात हुन्छ।

उनले यस गीतमा पुराना चर्चित लोक गायक धर्मराज थापाको नाम जोडेर अपमान गर्न खोजेको भन्ने खालका आलोचनाहरु पनि आइरहेका छन् । यस प्रसंगमा कसैको अपमान गर्ने नियतका साथ त्यसो नगरेको र अग्रज कलाकारहरुप्रति सदैव उच्च सम्मान रहेको दुर्गेशको स्पष्टोक्ति छ।

‘यस आलु जस्तो गायकभित्र प्रयोग भएको दृश्यसहितको प्रतिक्रियामा अग्रज गायक आदरणीय रामकृष्ण ढकाल, यम बराल, आदरयाीय संगीतकार आलोक श्री र गायिका दिज्जु अन्जु पन्तका सुझावहरू अमृत सरी लिएको छु’ दुर्गेशले भनेका छन्।

हलो जोत्दाजोत्दै समय र प्रविधिको प्रयोगले साखै गायकीबारे औपचारिक ज्ञान नभए पनि  गीत गाउने बनाईदियो भन्न मात्र खोजेको उनको भनाइ छ । नेपाली लोक गीतका पिता धर्मराज थापाप्रति  सदैव उच्च सम्ममान रहेको दुर्गेशले बताएका छन् ।



आफूले कुनै प्रशिक्षणबिना नै समयले गीत संगीतमा लागेको भन्दै उनले अनुभवले जे सिकायो त्यही गर्दै गरेको बताए ।

जीववनमा मैले गरेका कुनै पनि काम प्रशिक्षण लिएर गरेको छैन न त अभिनय नै सिकेँ न नृत्य न संगित नै’ उनी भन्छन् ‘जे जति गरेँ अनुभवको आधारमा गरे सबैले माया दिनु भो हौसला दिनु भो बास यत्ति । तर पढेर सिकेकाभन्दा परेर सिकेका धेरै अनुभवले मलाई स्टेज पर्फम सिकायो र बिकायो



संगीत नजानेकोमा पछुतो छ पनि छैन पनि भन्दै उनले ‘आलु जस्तो गायक गीतमा केही वास्तविकता र स्वीकारोक्ति पनि रहेको प्रतिक्रिया दिए ।

  • प्रकाशित मिति : भदौ ६, २०७७ शनिबार १४:१५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया