ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष ढुङ्गेललाई कोभिड–१९ पुष्टि

ओखलढुंगा– लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुङ्गेललाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । उनी गाउँपालिकामा कोरोना  रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टिन व्यवस्थापन गर्न र  सङ्क्रमितको उपचारको व्यवस्थापनमा खटिँदै आएकी थिइन् ।

गाउँपालिकाको कामका सिलसिलामा काठमाडौं पुग्दा उहाँको स्वास्थ्यमा  समस्या देखिएपछि स्वाब परीक्षण भएको र  नतिजा पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उपाध्यक्ष ढुङ्गेल स्वास्थ्यावस्था सामान्य रहेकाले होम आइसोलेसनमा रहेकी छिन् । स्वास्थ्यमा खासै समस्या नरहेको र घरैमा बसेर आराम गरिरहेको उल्लेख गर्दै उनले भनिन्, ‘छिट्टै कोरोनालाई जितेर गाउँपालिकाको काममा फर्किनेछु ।’ 

यसअघि जिल्लाका जनप्रतिनिधिमा कोरोना सङ्क्रमण देखिएको थिएन । लिखु गाउँपालिकामा  कोरोनाको सङ्क्रमण देखिएको थियो ।  जिल्लामा अहिले दुई  सक्रिय कोरोना सङ्क्रमित छन् । उनीहरुको जिल्ला अस्पताल रुम्जाटारमा उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : भदौ ७, २०७७ आइतबार १५:५७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया