नेसन्स लिगमा आज स्पेन र जर्मनी भिड्दै

युइएफए नेसन्स लिगमा बिहीबार  स्पेन र जर्मनी भिड्ने भएका छन् । खेल जर्मनीको मर्सिडिज बेन्ज अरिनामा नेपाली समयअनुसार राति साढे १२ बजे सुरु हुनेछ ।

युईएफए नेसन्स लिगको दोस्रो संस्करण सुरु भएसँगै अन्तर्राष्ट्रिय फुटबल प्रारम्भ हुनेछ । यूईएफए नेसन्स लिग २०२०-२१ को छनोट खेल बिहीबार सुरु भएसँगै १० महिनाको ब्रेकपछि अन्तर्राष्ट्रिय फुटबल सुरु हुन लागेको हो । 

समूह डीमा रहेका दुवै टोली सुरुवाती खेलमा जित निकाल्न प्रयासरत छन् । समूहकै बलिया मानिएका यी दुवै टोलीलाई एक-अर्काविरुद्ध जित निकाल्न भने त्यति सहज हुने छैन ।

त्यस्तै यसै समूहको अर्को खेलमा युक्रेनले स्विट्जरल्यान्डको समना गर्नेछ । खेल नेपाली समयअनुसार राति साढे १२ बजेबाट युक्रेनको एरिन एलभीआईभीमा सुरु हुनेछ ।

युईएफए नेसन्स लिग बी अन्तर्गत बिहीबार टर्कीले हङ्‍गेरीको सामना गर्दै छ । खेल नेपाली समयअनुसार राति साढे १२ बजेबाट टर्कीको आइलुल स्टेडाइमु स्टेडियममा हुनेछ दोस्रो खेलमा रुसले सर्बियाको सामना गर्नेछ । खेल रुसको लेभ यासिन रंगशालामा नेपाली समयअनुसार राति साढे १२ बजे नै सुरु हुनेछ ।

त्यस्तै तेस्रो खेलमा फिनल्यान्डविरुद्ध वेल्स मैदानमा उत्रिनेछ । यो खेल फिनल्यान्डको हेल्सिन्की ओलम्पिक रंगशालामा सोही समयमा हुनेछ । चौथो खेलमा भने बुल्गेरियाविरुद्ध आयरल्यान्डले खेल्नेछ । सोही समयमा बुल्गेरियाको भासिल लेभ्स्की राष्ट्रिय रंगशालामा सुरु हुनेछ ।





  • प्रकाशित मिति : भदौ १८, २०७७ बिहीबार ११:४३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया