पिएसजीका थप ३ खेलाडीमा कोरोना पुष्टि

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का थप तीन जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

दुई दिनअघि नेयमारसहित तीन जनामा कोरोन पुष्टि भएपछि अन्य खेलाडी तथा पदाधिकारीहरूको कोरोना परीक्षण गर्दा थप तीन जनामा कोरोना पुष्टि भएको क्लबले विज्ञप्ति निकाल्दै जानकारी दिएको छ तर खेलाडीहरूको नाम भने गोप्य राखिएको छ ।

योसँगै पिएसजीमा कोरोना संक्रमण हुने खेलाडीको संख्या ६ पुगेको छ र सबैजना क्वारेन्टिनमा छन् ।

खेलाडीमा कोरोना संक्रमण देखिएसँगै पिएसजीको नयाँ सिजनको सुरुवाती खेल प्रभावित हुन सक्ने सम्भावन बढेर गएको छ । भर्खरै च्याम्पियन्स लिगको फाइनल खेलेको पिएसजीले सेप्टेम्बर १० मा लेन्स विरुद्धको खेलबाट लिगको सुरुवात गर्ने तालिका रहेको छ ।





  • प्रकाशित मिति : भदौ १९, २०७७ शुक्रबार ११:२६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया