इङ्ग्ल्यान्ड र अस्ट्रेलियाको पहिलो टि–२० आज

इङ्ग्ल्यान्ड र अस्ट्रेलिया बीचको ३ खेलको टि–२० सिरिज अन्तर्गत पहिलो खेल शुक्रबार हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने ११ बजे साउथह्याम्टन स्थित द रोस ओभलमा हुनेछ । 
घरेलु टोली इङ्ग्ल्यान्ड इयन मोर्गानको कप्तानीमा मैदानमा उत्रिनेछ भने पाहुना टोली अस्ट्रेलिया आरोन फिंचको कप्तानीमा मैदानमा उत्रिनेछ ।
यी दुई टोलीले सन् २०१८ पछि पहिलो पटक एक अर्काको सामना गर्न लागेका हुन् । हालसम्म यी दुई टोलीबीच १६ टि–२० खेल हुँदा इङ्ग्ल्यान्डले ६ खेल आफ्नो पक्षमा पार्दा अस्ट्रेलियाले ८ खेल आफ्नो पक्षमा परेको छ । दुई खेल वर्षाका कारण रद्द भएको छ ।

यस्तो छ इङ्ल्यान्डको टोली
इयन मोर्गान (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनी बेरिस्टो, टोम बेनटोन, टम करन, साम विलिंग्स, जोस बटलर, जो डेनली, क्रिस जोर्डन, डेविड मलान, साम करन, आदिल राशिद र मार्क उड । 
वैकल्पिक खेलाडी : लियाम लिभिङस्टोन र साकिब महम्मद

यस्तो छ  अस्ट्रेलियन टोली
आरोन फिंच, सन एबट, एस्टन अगर, एलेक्स केरी, डेभिड वार्नर, प्याट कमिंस, जोस हेजलउड, नाथन लायन, स्टिभ स्मिथ, मार्नस लाबुसेन, मिचेल मार्स, राइली मेरिडिथ, जोस फिलिपे, ग्लेन म्याक्सवेल, डानियल साम्स, केन रिचर्डसन, मार्कस स्टोनिस, एन्ड्रु टाई, मिचेल स्टार्क, एडम जाम्पा र म्याथ्यु वेड ।
 





  • प्रकाशित मिति : भदौ १९, २०७७ शुक्रबार १४:५८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया