काई हार्भाटेज चेल्सीमा अनुबन्ध

इङ्ग्लिस क्लब चेल्सीले जर्मन क्लब वायर लिभरकुसेनबाट युवा मिडफिल्डर काई हार्भाटेजलाई ७१ मिलियन पाउन्डमा अनुबन्ध गरेको छ । चेल्सीले उनीसँग ५ वर्षको सम्झौता गरेको हो । 

जर्मनका यी खेलाडीले लिभरकुसेनका लागि ११८ खेलमा ३६ गोल गर्नुका साथै २५ गोलका लागि अवसर पनि सिर्जन गराएका थिए । उनले जर्मन सिनियर टोलीका लागि ७ खेल खेल्दा १ गोल गरेका छन् । 

चेल्सीमा आबद्ध भएपछि आफ्नो सपना पूरा भएको हार्भाटेजले प्रतिक्रिया दिएका छन् । ‘मलाई निकै खुसी तथा गर्व लागेको छ । चेल्सी जस्तो ठूलो क्लबबाट खेल्ने मेरो सपना पूरा भएको छ,’ उनले भने ।

२१ वर्षीय हार्भाटेज यो ट्रान्सफर विन्डोमा चेल्सीमा आबद्ध हुने सातौं खेलाडी हुन्  ।

यसअघि चेल्सीले जर्मन क्लब लाइप्जिगबाट टिमो वार्नर, डच क्लब आयाक्सबाट हाकिम जिएक, इङ्ग्लिस क्लब लेस्टर सिटीबाट बेन चिलवेल तथा दुई फ्रेन्च क्लब नाइसबाट मालांग सार, पेरिस सेन्ट जर्मन (पिएसजी) बाट थिएगो सिल्भा र स्पेनिस क्लब बार्सिलाेनाबाट जाभियर एमबुएम्बालाई अनुबन्ध गरिसकेको छ ।





  • प्रकाशित मिति : भदौ २०, २०७७ शनिबार १२:१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया