तेह्रौं संस्करणको आइपिएल खेल तालिका सार्वजनिक

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिआइसिसी) ले आइतबार १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को खेल तालिका सार्वजनिक गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र चेन्नइ सुपर किङसले एक अर्काको समान गर्नेछन् । खेल सेप्टेम्बर १९ मा अबुधाबीमा हुनेछ ।

नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले सेप्टेम्बर २० मा किङस इलाभेन पञ्जाब विरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ ।

कोरोना भाइरसका कारण यो संस्करणको आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्स (युएइ) मा हुनेछ । 

ड्रिम्स इलाभेन मुख्य प्रायोजक रहेको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा सबै टिमले एक अर्कासँग डबल राउन्ड रोबिनको आधारमा  प्रतिस्पर्धा गर्नेछन् ।

अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले प्ले अपमा स्थान बनाउने छन् । अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टिमले पहिलो क्वालिफायर राउन्डमा प्रतिस्पर्धा गर्नेछन् जसमा विजयी हुने टिमले सिधै फाइनमा स्थान बनाउनेछ ।



अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहने टिमले इलिमिनेटर राउन्डमा प्रतिस्पर्धा गर्ने छन् जसमा विजयी हुने टिमले दोस्रो क्वालिफायर राउन्डमा पहिलो  क्वालिफायर राउन्डमा पराजित टिमसँग प्रतिस्पर्धा गर्नेछ र विजयी टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ  ।



  • प्रकाशित मिति : भदौ २१, २०७७ आइतबार १८:५२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया