बाग्मतीमा अब खाली सिलिन्डरको मूल्य २ हजार १ सय

नेपाल एलपी ग्यास उद्योग संघले सबै कम्पनीका खाली सिलिन्डरको भाउ २१ सय रुपैयाँ तोकेको छ । असोज २ गतेदेखि लागु हुने गरी वाग्मती प्रदेशभित्र २१ सय रुपैयाँभन्दा बढी लिन नपाइने अध्यक्ष गोकुल भण्डारीले बताए । तत्कालका लागि वाग्मती प्रदेशका लागि मात्रै यो मूल्य तोकिएपछि विस्तारै अन्य प्रदेशमा पनि तोक्ने उनले बताए ।

‘उद्योगले सस्तोमा सिलिन्डर बेचे पनि उपभोक्तालाई महँगोमा किन्‍नुपर्ने बाध्यता रहेकाले सबै कम्पनीको खाली सिलिन्डरको मूल्य एकै बनाएको हो,’ उनले भने । सिलिन्डर २१ सयभन्दा बढीमा बेचिए तत्काल उजुरी दिन पनि उनले आग्रह गरे ।

संघले सिलिन्डरको मूल्य तोकेसँगै उपभोक्तालाई अनिवार्य बिल दिनुपर्ने व्यवस्था पनि गराएको छ । वाग्मती प्रदेशमा दुई दर्जनभन्दा बढी ग्यास उद्योगका सिलिन्डर बिक्री हुन्छन् ।

अर्को कम्पनीको सिलिन्डर साट्नु गैरकानुनी

संघले आफ्नो कम्पनीबाहेक अरु कम्पनीको खाली सिलिन्डर साट्नु गैरकानुनी भएको जनाएको छ । ‘कुनै पनि कम्पनीले अर्को कम्पनीको ग्यास सिलिन्डर साट्नु गैरकानुनी हो । साट्नेमाथि कारबाही हुन्छ,’ अध्यक्ष भण्डारीले भने ।

१० वर्ष अघिसम्म ग्यास उद्योगले धरौटी रसिद दिने गरेका थिए। उद्योगबाट दिने त्यस्ता रसिद डिलरले उपभोक्तालाई दिने गरिन्थ्यो ।





  • प्रकाशित मिति : असोज १, २०७७ बिहीबार १४:२५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया