नेपाली कांग्रेसका नेता धनराज गुरुङले सरकार जनताको सेवामा भन्दा कहिले ‘रामदेव’को मन्दिर र कहिले ‘वामदेव’को व्यवस्थापनमा व्यस्त भएको आरोप लगाएका छन् ।
मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत नेता गुरुङले कोरोनाको महामारीमा पनि सरकारको प्राथमिकतामा जनता नपरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
परापूर्वकालको राजतन्त्रमा जनताको जिम्मा पशुपतिनाथलाई छाड्ने गरिएको भन्दै उनले गणतन्त्रका राजाहरुले पनि जनताको जिम्मा पशुपतिनाथलाई नै छाडेको आरोप लगाए ।
उनले लेखेका छन्– सरकार कहिले ‘रामदेव’को मन्दिर निर्माणमा र कहिले ‘वामदेव’को व्यवस्थापनमा व्यस्त छ। जनताको व्यवस्थापन त परापूर्व कालदेखि पशुपतिनाथकै जिम्मामा छँदै छ । तत्कालीन राजाहरुले ‘पशुपतिनाथले हामी सबैको कल्याण गरून्’ भन्थे । गणतन्त्रका राजाहरुले पनि जनताको जिम्मा पशुपतिनाथलाई नै छाडिदिएका छन् ।’
सरकार कहिले "रामदेव"को मन्दिर निर्माणमा र कहिले "बामदेब"को ब्यबस्थापनमा ब्यस्त छ। जनताको ब्यबस्थापन त परापुर्ब कालदेखि पशुपतिनाथकै जिम्मामा छँदैछ। तत्कालीन राजाहरुले "पशुपतिनाथले हामी सबैको कल्याण गरुन्" भन्थे। गणतन्त्रका राजाहरुले पनि जनताको जिम्मा पशुपतिनाथलाई नै छाडिदिएका छन्।
— Dhan Raj Gurung (@dhanrgrg) September 29, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।