डा. केसीका मागमा तत्काल वार्ताबाट समाधान खोज्न अपिल

जवाफदेहिता निगरानी समितिले डा. गोविन्द केसीका मागको विषयमा तत्काल वार्ताबाट समाधान खोज्न अपिल गरेको छ । 

समितिका संयोजक चरण प्रसाईंले आज जारी गरेको प्रेस विज्ञप्तिमा डा.केसीको मागका विषयमा समाधान खोजी उनको जीवन रक्षाका लागि अविलम्ब पहल गर्न सरकारसँग अपिल गरेका छन् । 

चिकित्सक डा.केसीले नेपालको स्वास्थ्य–शिक्षा क्षेत्रमा सुधार, विगतमा सरकारले गरेको प्रतिबद्धताको कार्यान्वयनजस्ता मागका सम्बोधन गर्न समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘डा. केसीले ज्यान जोखिममा राखेर थालेको सत्याग्रह कुनै व्यक्तिगत स्वार्थ नभएर शिक्षा–स्वास्थ्य क्षेत्रमा सुधार, राज्यको सामाजिक न्यायको दायित्व, चुस्त व्यवस्थापन, सुशासन तथा विगतमा सरकार र उनीबीच भएको सहमतिको पूर्ण कार्यान्वयनका लागि हो ।’ 

डा. केसीलाई जुम्लाबाट काठमाडौँ स्थानान्तरण गरी नेसनल ट्रमा सेन्टरमा राखिएको छ ।





  • प्रकाशित मिति : असोज १३, २०७७ मंगलबार १९:१३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया