अनशनरत डा. केसीलाई श्वास-प्रश्वासमा समस्या

२१ दिनदेखि आमरण अनशन बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उनका सहयोगीले बताएका छन् । 

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा रहेका केसीको श्वास–प्रश्वासमा समस्या देखिएको हाल डा. केसीसँगै रहेकी डाक्टर तोसिमा कार्कीले जानकारी दिएकी छिन् । 

‘करिब एक घण्टा भयो डा. केसीले अरु बेला भन्दा धेरै छाती दुख्यो भनिरहनु भएको छ । डा. कार्कीले भनिन्, ‘एक्कासी सास फेर्न गाह्रो भएर उहाँलाई अक्सिजन चाहिने भएको छ ।’ 

अहिले केसीलाई अक्सिजनको सपोर्टमा राखिएको छ । तर उनले कुनै औषधिहरू उनले लिन नमानेको  डा.कार्कीले बताइन् । 





  • प्रकाशित मिति : असोज १८, २०७७ आइतबार १२:५६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया