‘मधुमेह तथा उमेर बढी भएका मानिसले नियमित आँखा परीक्षण गरौं’

विश्वभर अक्टोबर आठ तारिखका दिन विश्व दृष्टि दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाइँदै छ । 

नेपाल आँखा अस्पताल त्रिपुरेश्वमा पनि विशेष कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाइएको छ । अस्पतालका मेडिकल निर्देशक डा. कमल खड्काले मानिसहरुलाई आँखाको महत्त्व र आँखामा के कस्तो रोग कसरी लाग्न सक्छ भन्ने जानकारी गराउने मुख्य उध्येश्य सहित विश्व दृष्टि दिवस मनाइएको बताए । आँखामा सानो हेलचेक्रयाई गर्दा समेत ठूलो समस्या हुने भएकाले आँखाको सुरक्षाका लागि सबैले ध्यान दिनुपर्ने उनले बताए ।

आँखामा घाउ हुँदा तथा मोतिविन्दु हुँदा मानिसहरु डराउने गरेको पाइएकाले समयमै उपचार गरेमा निको हुने उनको भनाइ छ । मधुमेह रोग लागेका तथा उमेर बढी भएका मानिसहरुले आँखाको उपचार नियमित रुपमा गर्नुपर्ने डा. खड्काले बताए । 
नेत्ररोग विशेषज्ञ डा. किरण शाक्यले मधुमेहका कारण आँखाको रेटिनामा असर पर्ने भएकाले मधुमेहका बिरामीले विशेष ख्याल गर्नुपर्ने बताए । मधुमेह भएका बिरामीमा आँखाको दृष्टि गुम्ने, आँखाबाट रगत बग्नेलगयतका समस्या देखिने गरेको बताए । विश्व आँखा दिवसको अवसरमा खासगरी मधुमेहका बिरामीलाई आँखाको सुरक्षा कसरी गर्ने भन्ने सम्बन्धमा जानकारी दिन खोजिएको डा. शाक्यले बताए । 

विश्वमा प्रत्येक ८ जना आँखाका बिरामीमध्ये एक जना मधुमेहका कारण भएको तथ्याङ्क रहेको र नेपालमा ४ जनामध्ये १ जना मधुमेहका कारण आँखाको समस्या आउने तथ्याङ्क रहेको डा. शाक्यले बताए । विश्व दिवसकै अवसरमा नेपालका विभिन्न आँखा अस्पतालहरुमा विशेष कार्यक्रम गरी मनाइएको छ ।





  • प्रकाशित मिति : असोज २२, २०७७ बिहीबार १३:३६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया