पार्टीको ७४ औँ वर्षगाँठमा किन रोए किम जोङ उन ?

उत्तर कोरियाली नेता किम जोङ उन एक सम्बोधनका क्रममा रोएर आँसु पुछ्दै गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

आफ्नो पार्टीको ७४ औँ वर्षगाँठमा सम्बोधन गर्दै उनले उत्तर कोरियाका नागरिकका लागि आफूले आशा गरेअनुसार काम गर्न नसकेको भन्दै भावुक बनेका हुन् । 

आफूले जनताको चाहनाअनुसार काम गर्न नसकेकोमा पश्चात्ताप गर्दै उनले माफीसमेत मागेका थिए ।

देशले आफ्नो पूर्वजको उद्देश्य पूरा गर्न जिम्मेवारी दिएको बताउँदै गर्दा उनले चस्मा खोले र आँसु पुछ्न थाले । 

शनिबार भएको कार्यक्रममा उनले सैन्य परेडमा शक्तिशाली मिसाइल प्रदर्शन गरेका थिए ।


 





  • प्रकाशित मिति : असोज २६, २०७७ साेमबार १९:५७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया