नेपाल बैंक लिमिटेडका विभिन्न ६ सेवा निःशुल्क

सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले ८४औं वार्षिकोत्सवका सन्दर्भमा विभिन्न सेवा निःशुल्क गरेको छ । 

नेपाल बैंकले कात्तिक १ गतेदेखि लागू हुनेगरी मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायत सेवा निशुल्क गरेको हो ।  

त्यस्तै, बैंकले अब उप्रान्त डिम्याट खाता खोल्न, मेरो सेयर सेवा, आस्वा सेवा सुरु गर्न र भिसा डेबिट कार्ड पनि निःशुल्क नै उपलब्ध गराउने घोषणा गरेको छ । 

विसं १९९४ कात्तिक ३० गतेबाट सेवा सुरु गरेको नेपाल बैंकको नेपालभर १ सय ९१ शाखा छन् । बैंकको १ सय २६ एटिएम र ३६ वटा एक्सटेन्सन काउन्टर छन् । 





  • प्रकाशित मिति : कात्तिक २, २०७७ आइतबार १९:३६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया