logo-img

स्वास्थ्यलाभको कामना गर्ने सबैलाई मनोज गजुरेलले दिए धन्यवाद

कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत हास्यकलाकार मनोज गजुरेलले आफ्नो स्वास्थ्यमा पहिलेभन्दा अहिले धेरै सुधार भएको जानकारी गराएका छन् । उनले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन् ।

कात्तिक १० गते कोरोना सं‌क्रमण पुष्टि भएपछि केही दिन घरमै आइसोलेसनमा बसेका गजुरेलको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनी बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन् । 

अचानक फोक्सोमा समस्या देखिएर शरिरमा अक्सिजन लेभल कम भएपछि उनी बिहीबार सशस्त्र प्रहरी अस्पताल भर्ना भएका थिए । 



उनको अवस्थालाई लिएर सामाजिक सञ्जालमा विभिन्न हल्ला फैलिएपछि शनिबार उनको परिवारले मनोजको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएको थियो । 

आइतबार मनोज आफैँले फेसबुकमा लेखेका छन्–

आराम छु,आरामको कामना गर्दछु। हिजोभन्दा आज धेरै राम्रो भइरहेको छ। स्वास्थ्यलाभको कामना गर्नु हुने सबैमा धन्यबाद।





  • प्रकाशित मिति : कात्तिक २३, २०७७ आइतबार १८:३९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया