बलिउड अभिनेता अमिताभ बच्चन सामाजिक सन्जालमा निकै सक्रिय छन् । उनले बारम्बार सामाजिक सन्जालमा विभिन्न विषयमा आफ्ना विचार राख्छन् । अनि आफ्ना तस्वीरहरु पनि निकै सेयर गरिरहेका हुन्छन् ।
तर, अब उनले अहिले सेयर गरेको एउटा तस्वीर निकै चर्चामा आएको छ । यो तस्वीर निकै चर्चामा आउनुको कारण हो, उनले त्यो फिल्मको फोटो सेयर गरेका छन् जुन कहिल्यै बनेन ।
अमिताभले आफ्नो पोस्टमा सेयर गरेको फोटो बन्दै नबनेको फिल्मको भएको उनले नै जानकारी दिएका हुन् ।
फोटोको क्याप्सनमा उनले लेखेका छन्, ‘एउटा फिल्म जो कहिल्यै बनेन, फोटोसुट चाहिँ भएको थियो । यो त्यही फिल्मको फोटो हो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।