काठमाडौं उपत्यकामा थप ५९४ जनालाई कोरोना

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थपिएका १ हजार ३८२ संक्रमितमध्ये ५९४ उपत्यकाका छन् । २४ घण्टामा ८ हजार ९४७ जनाको पिसिआर परीक्षण भयो । 

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख २९ हजार ५४ जना निको भएका छन् । २४ घण्टामा १ हजार ६२१ जना कोरोना मुक्त भएका छन् ।

यस्तै २३ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ६३७ पुगेको छ  । सक्रिय संक्रमितको संख्या १२ हजार ६८६ रहेको रहेको छ ।





  • प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार १८:३०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया