शोलेमा धर्मेन्द्रले चलाएका थिए साँच्चिकैको बन्दुकबाट गोली, बालबाल बचेका थिए अमिताभ

बलिउडका केही सिमित फिल्महरुको कुरा गर्ने हो भने अमिताभ बच्चनको शोलेको कुरा पनि पक्कै सबैले गरिरहेका हुन्छन् । अब यो फिल्म बनेको ४५ साल भएपछि यसबारे एउटा रोचक कुरा बाहिर आएको छ । 

त्यो हो, फिल्ममा धर्मेन्द्रले साँच्चिकैको बन्दुक चलाएका थिए । धर्मेन्द्रले चलाएको बन्दुकबाट साँच्चिकैको गोली बाहिर आएको थियो र बालबाल बचेका थिए, अमिताभ बच्चन ।

अभिताभकी रियल श्रीमती जया बच्चन र धर्मेन्द्रकी रियल श्रीमती हेमा मालिनी दुवैले खेलेको यो फिल्मको यो रोचक किस्सा अमिताभ बच्चनले नै सेयर गरेका हुन् । यो फिल्मको निर्देशन रमेश सिप्पीले गरेका थिए ।





  • प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार २२:४१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया