प्रधानमन्त्रीको नोकर संसद् हुन सक्दैन : वरिष्ठ अधिवक्ता शम्भु थापा

वरिष्ठ अधिवक्ता शम्भु थापाले संसदको काम कसैले रोक्न नहुने तर्क गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि सोमबार अन्तिम बहस गर्दै थापाले यस्तो बताएका हुन्।

'सदनको काम कसैले रोक्न हुँदैन', मुलुकी फौजदारी संहिताको दफा ५८ लाई उद्धृत गर्दै थापाले भने, 'कसैले पनि संसदको काममा अवरोध पुर्‍याउनु उचित हुन सक्दैन।'

दफा ५८ लेखिएको छ, 'राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने' 

(१) कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानुन बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिनु हुँदैन।'

दफा ५८ को यही प्रावधान पढेर थापाले अगाडि भने, 'त्यसैले श्रीमान् प्रधानमन्त्रीको नोकर संसद हुँदैन र हुन सक्दैन।'

नेपाल प्रहरीले माघ २९ मा नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरूद्धको कसुर दफा ५८ अनुसार नै पक्राउ गरेको थियो। 




 



  • प्रकाशित मिति : फागुन ३, २०७७ साेमबार १८:४६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया