logo-img

दिनेशले प्रहरीलाई भनेकै ठाउँमा भेटियो भागरथी भट्टको घडी

बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका किशोर दिनेश भट्टले प्रहरीसँग बयानका क्रममा भनेकै स्थानमा घडी भेटिएको छ। भागरथीको हत्यापछि दिनेले घटनास्थल नजिकै फ्याँकिदिएको  घडी उनले बयानमा भने अनुसारकै ठाउँमा भेटिएको हो।

मंगलबार पक्राउ परेका भट्टले भागरथीको घडी घटनास्थल नजिकै फ्याँकेको बताएका थिए। दिनेशले भने अनुसार घटनास्थल नजिकै खोजी गर्दा उनले फ्याँकेको भागरथीको घडी भेटिएको हो।

प्रहरीसँगको बयानमा दिनेशले भागरथीको जुत्ता भेटिएको स्थानबाट पश्चिमस्थित खोल्सामा घडी फालेको बताएका थिए। दिनेशको बयानपछि खोजी गर्न गएको प्रहरीले घडी फेला पारेको  सुदूरपश्चिम प्रहरी प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताए।



भागरथी थत माघ २१ गते विद्यालयबाट घर जाने क्रममा हराएकी थिइन्। उनको शव माघ २२ गते दोगडाकेदार गाउँपालिकास्थित लबलेक सामुदायिक वनमा भेटिएको थियो। हत्या भएको दुई सातापछि प्रहरीले भागरथीकै भाइ पर्ने १८ वर्षीय दिनेशलाई पक्राउ गरेको थियो। उनले भागरथीको हत्या स्वीकारे पनि बलात्कार भने अस्वीकार गरेका छन्। 
 





  • प्रकाशित मिति : फागुन ६, २०७७ बिहीबार १५:५२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया