logo-img

अमेरिका पुगेर सकियो परदेशी–२ को कथा

नेपाली कथानक चलचित्र ‘परदेशी–२’को छायांकन सकिएको छ । चलचित्रको अमेरिकामा छायांकन सकिएसँगै फिल्म सुटिङ सकिएको चलचित्रका निर्देशक नारायण रायमाझीले जानकारी दिए ।

चलचित्रको छायांकनका लागि निर्देशक रायमाझी टिमसहित गत साता अमेरिका उडेका थिए । चलचित्र अमेरिकाको बाल्टिमोरमा रहेको नेपाल हाउस लगायतका विभिन्न स्थानमा छायांकन गरिएको रायमाझीले जानकारी दिए ।

चलचित्रको कथाले नै अमेरिकाको दृष्य मागेकाले अमेरिका पुगेको रायमाझीले बताए । ‘परदेशी–२’ अमेरिका सुटिङमा दीलिप रायमाझी, अमेरिकन कलाकार तारा लिन्हार्ट, लोकगायक प्रेमराजा महत र प्राज्ञी सुनार लगायतका कलाकारले अभिनय गरेका छन् ।



अध्ययनको सिलसिलामा अमेरिका पुगेका विद्यार्थीको कथामाथि निर्माण भएको यो चलचित्रको अमेरिका छायांकनको चाजोपाजो अभिनेता दिलीप रायमाझीले मिलाएका हुन् । दिलीप यो चलचित्रको शीर्ष भूमिकामा देखिँदैछन् ।

राजेश वंशल र नारायण रायमाझीले निर्माण गरेको  चलचित्रमा दिलीपका साथमा प्रशान्त तामाङ, प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, रमा थपलियालगायतका कलाकार शीर्ष भूमिकामा देखिने छन् ।

यो चलचित्र २०७८ सालको दसैंमा प्रदर्शन गरिने चलचित्रका निर्देशक रायमाझीले बताए । चलचित्रमा काठमाडौं, पोखरा, पाल्पा, चितवन तथा अमेरिकाको दृष्य समावेश गरिएको छ ।



निर्देशक रायमाझीले यसअघि ‘गोर्खा पल्टन’ तथा ‘परदेशी’ फिल्म निर्देशन गरिसकेका छन् । उनका दुवै चलचित्रले बक्स अफिसमा राम्रो आम्दानी गरेका थिए ।



  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १४:६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया