बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिइए डा. केसी अनशन बस्‍ने

झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजलाई सरकारले सम्बन्धन दिन लागेको विरोधमा डा. गोविन्द केसीले अनशन बस्ने चेतावनी दिएका छन्। मंगलबार पत्रकार सम्मेलन गरेर केसीले यस्तो चेतावनी दिएका हुन्।

केसीका एकजना सहयोगी डा. प्रितम सुवेदीले बिएण्डसीलाई सरकारले कानुन मिचेर सम्बन्धन दिन लागेकोले त्यसविरुद्ध अनशन थाल्न लागिएको बताएका छन्। 'यदि कानुनी प्रक्रिया मिचेर सम्बन्धन दिएमा डा. केसीले अनशन थाल्नु हुने छ', उनले भने, 'भोलि नै सम्बन्धन दिने तयारी भएको जानकारी आएको छ। यदि त्यस्तो भएमा तत्कालै अनशन थाल्ने निर्णय डाक्टर केसीले लिनु भएको छ।

केसीले केही दिनअघि विज्ञप्ति निकालेर झापास्थित बिएण्डसी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन दिन लागेको विरोधमा उनले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको कडा आलोचना गरेका थिए। 'झापास्थित बिएण्डसी अस्पताललाई कानुन छलेर अवैध रुपमा दिन लागिएको मेडिकल कलेजको सम्बन्धनको प्रक्रिया रोक्न माग गर्दछौं', उनले भनेका थिए, 'नैतिक रुपमा पतित, भ्रष्ट र आपराधिक नेतृत्वबाट मुलुकलाई मुक्ति दिन प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनु पर्दछ।'

उनले प्रधानमन्त्री ओली र शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको निर्देशनमा चिकित्सा शिक्षा ऐन र नियमावलीको उल्लंघन गरी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन अनैतिक हर्कत गरिनु क्षम्य हुन नसक्ने जिकिर गरेका थिए। 'हाम्रो बारम्बारको चेतावनीका बाबजुद सरकारले निरन्तर त्यस्तो अवैध काम अघि बढाएकाले हामी विरोधका कार्यक्रम ल्याउन बाध्य भएका छौं', उनले भनेका थिए।





  • प्रकाशित मिति : चैत ३, २०७७ मंगलबार १७:३७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया