logo-img

नेपाल र भट्टराईविरूद्धको मुद्दामा मन्त्रिपरिषद्को निर्णय झिकाउन आदेश

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराई विरूद्धको मुद्दाको सोमबारको सुनुवाइ सकिएको छ । 

सोमबार न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलास सोमबार मुद्दामाथि सुनुवाइ भएको थियो । सिन्हा र फुयाँलको इजलाशले मन्त्रिपरिषद्को निर्णय झिकाउन आदेश दिएको छ । 

न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले गत फागुन २ गते ललिता निवास काण्डको प्रमाण माग्ने आदेश दिएको थियो ।  



ललिता निवास परिसरको जग्गा विक्री प्रकरणमा मुछिएर पनि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध मुद्दा नचलाइएपछि सर्वोच्चमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरूद्ध मुद्दा परेको थियो।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवास प्रकरणमा जोडिएका तत्कालीन प्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई र माधवकुमार नेपाललाई मुद्दा चलाएको विषयमा रिट निवेदन हालेका थिए। वरिष्ठ अधिवक्ता न्यौपानेले २०७६ माघमा रिट हालेका थिए।





  • प्रकाशित मिति : चैत १६, २०७७ साेमबार १५:१४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया