logo-img

पत्रकार महासंघ निर्वाचनः प्रदेश २ मा २१ पदका लागि ५३ जनाको उम्मेदवारी

चैत २५ गते हुन लागेको नेपाल पत्रकार महासंघको प्रदेश २ को चुनावमा ५३ जना उम्मेदवारले विभिन्न पदका लागि मनोनयन दर्ता गराएका छन् ।

निवार्चन समितिले प्रकाशित गरेको उम्मेदवारको नामावलीअनुसार २१ पदका लागि ५३ जनाले मनोनयन पत्र दर्ता गराएका हुन् । पहिलोपटक हुन लागेको प्रत्यक्ष निर्वाचन प्रणालीको फाइदा उठाउँदै एकै पदमा धेरैजना पत्रकारले उम्मेदवारी दिएका छन् ।

प्रदेश २ को अध्यक्ष पदका लागि जितेन्द्रप्रसाद सिंह, नवलकिशोर यादव र राजेशकुमार कर्ण गरी ३ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै, उपाध्यक्षमा बृजलाल पासवान, राजु विश्वकर्मा र रामनन्दप्रसाद गुप्ता गरी ३ जनाले मनोनयन दर्ता गराएका छन् ।
 
महिला उपाध्यक्षका लागि ज्योति झा, नेहा झा, मालाकुमारी कर्ण र रेणु कुमारी चौधरी गरी ४ जनाले मनोनयन दर्ता गराएका छन् । 
               
महासचिवमा अशोककुमार तिवारी, धु्रब साह र श्यामप्रसाद बञ्जारा गरी ३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने सचिवमा अजित कुमार सिंह (खुल्ला), आलोक पाण्डे (खुल्ला), उपेन्द्रप्रसाद यादव (समावेशी), कमलकुमार उपाध्याय (खुल्ला), जितलाल श्रेष्ठ (समावेशी) र भोला पासवान (समावेशी) ले मनोनयन दर्ता गराएका छन् ।
 
त्यस्तै, कोषाध्यक्षमा विश्वनाथ ठाकुर, मनोजकुमार मिश्र, रमेश सुवेदी र शैलेन्द्रकुमार महतो गरी ४ जनाले मनोनयन दर्ता गराएका छन् ।
 
५ जना खुल्ला सदस्यका लागि अजयकुमार साह, अनिलकुमार तिवारी, दीपकप्रसाद गौतम, नवीन सिंह, वैधनाथ चौधरी, मनोज तिमिल्सिना, महेश्वर अधिकारी, रमेश सिंह, ललनकुमार साह, शैलेन्द्र झा, सन्तोष कुमार सिंह र त्रिलोकीनाथ यादव गरी १२ जनाले उम्मेदवारी दिएका छन् ।
 
३ जना महिला सदस्यका लागि प्रतिभा झा, लक्ष्मी खरेल, सुधा देव, सपना ढकाल, सरिता चौधरी र वरुणा यादव गरी ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने २ जना मधेसी सदस्यका लागि धनवीर महतो, नवीन मिश्र र सञ्जयकुमार राउत गरी ३ जनाले मनोनयन दर्ता गराएका छन् ।
 
त्यस्तै, २ जना आदिवासी जनजाति सदस्यका लागि उदयकुमार दास थारु, रोयाण्टर मण्डल र शंकर श्रेष्ठ गरी ३ जनाले आ–आफ्नो उम्मेदवारी दिएका छन् । 
 
१ जना दलित सदस्यका लागि कैलाश दास, वीरेन्द्र विश्वकर्मा र राम एकवाल महरा गरी ३ जनाले मनोनयन दर्ता गराएका छन् भने १ जना अल्पसंख्यक सदस्यका लागि ग्यासु मिया देवान, प्रभास चन्द्र कर्ण र हदिस खुद्दार गरी ३ जनाले मनोनयन दर्ता गराएको निर्वाचन संयोजक रामभरत साहले जानकारी दिएका छन् । 



निर्वाचन समितिले उम्मेदवार उपरको दाबी विरोधका लागि बिहीबार साँझ ६ बजेदेखि शुक्रबार अपराह्न साढे १२ बजेसम्मका लागि समय निर्धारण गरेको छ भने उम्मेदवारले शुक्रबार दिउँसो ४ बजेसम्म उम्मेदवारी फिर्ता लिनसक्ने जनाइएको छ । 

उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रबार साँझ ६ बजे गरिने निर्वाचन समितिले जनाएको छ ।





  • प्रकाशित मिति : चैत १९, २०७७ बिहीबार १९:४२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया