बिरुवामा पानी हालेर गर्भवती हुँदा खुसी बाँढि्न ऋचाले

अभिनेत्री ऋचा शर्माले बिहे गरेको केही समयमा उनकी आमाको निधन भयो । आमाको निधनमा निक्कै विक्षिप्त बनेकी ऋचाले आफू आमा बन्ने भएपछि आमालाई पुनः सम्झना गरेकी छन् । नयाँ वर्षको दिन श्रीमानसँग सजिवनको विरुवामा पानी हालेको तस्बिर पोस्ट्याउँदै ऋचाले लामो स्टाटस लेखेकी छन् ।

तस्बिर सहितको पोस्टमा उनले आफू आमा बन्न लागेको जानकारी दिएकी छन् । आफू आमा बन्न लाग्दा आमालाई झन् धेरै सम्झिएकी ऋचाले सबैसँग आशीर्वाद मागेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाह पाउँछेस् । आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धडकन भन्दा कोही अरुको धडकन म भित्र प्यारो आभास भइरहेको छ।

आज तपाईंहरु माझ यो खुसी बाँड्न पाउँदा सम्पूर्ण महसुस भइरहेको छ। एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साँच्चै नै सौभाग्यको कुरा हो। त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजिवनको रुख रोप्दैछौँ । यो नयाँ जीवनको आगमन र यो रुखको अटुट साथ सधैँ बनिरहोस् भन्ने तपाईंहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु । मेरी आमा पनि पर क्षितिजबाट भन्दै हुनुहुन्छ होला, ‘छोरी आज ठूली भई ।’

अभिनेत्री ऋचा शर्माले आफ्ना प्रेमी दिक्षेप विक्रम राणासँग २०७६ साल मंसिरमा बिहे गरेकी हुन् ।





  • प्रकाशित मिति : वैशाख १, २०७८ बुधबार १५:५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया