अस्पतालमा रहेको अक्सिजन ट्यांक लिक हुँदा २२ बिरामीको मृत्यु

छिमेकी राष्ट्र भारतमा अस्पतालमा रहेको अक्सिजन ट्यांक लिक हुँदा सोही अस्पतालमा उपचाररत २२ जनाको निधन भएको छ । महाराष्ट्रको नासिकस्थित एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा उपचार गराइरहेका २२ जनाको मृत्यु भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार नासिकको जाकिर हुसैन अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा उपचाररत २२ जनाको ज्यान गएको छ । नासिकका जिल्लाधिकारी सुरज मांढरेले उक्त खबर पुष्टि गरेका छन् । 

अक्सिजन ट्यांक लिक भएपछि अस्पतालमा अक्सिजनको वितरण करिब ३० मिनेटसम्म रोकिएको थियो । जसका कारण २२ जनाको ज्यान गएको छ भने ३५ जनाको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ । 

बिरामीहरूलाई अक्सिजन दिइरहेको ट्यांक लिक हुँदा उनीहरूमा अक्सिजन कमी भएकाले निधन भएको हुनसक्ने बताइएको छ । उक्त घटनाको अस्पताल र जिल्ला प्रशासनले छुट्टाछुट्टै अनुसन्धान सुरु गरेका छन् ।





  • प्रकाशित मिति : वैशाख ८, २०७८ बुधबार १५:४५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया