कोभिड ड्युटीमा खटिएका ३५ वर्षीय डाक्टरद्वारा आत्महत्या
सांकेतिक तस्बिर

भारतमा काेराेना उपचारमा खटिएका एक डाक्टरले आत्महत्या गरेका छन् । काेराेना उपचारमा खटिएका ३५ वर्षीय डाक्टरकाे दक्षिणी दिल्लीको मलभिया नगरस्थित उनकै घरमा शव भेटिएको हो ।

प्रहरीका अनुसार शुक्रबार राति फोनमा एक महिलाले उनको साथीको श्रीमानले ढोका नखोलेको भन्ने गुनासो गरेकी थिइन् । प्रहरी घरमा पुग्दा डाक्टरको शव पंखामा झुन्डिएको पाएका थिए । 

प्रहरीले सुसाइड नोट पनि फेला पारेको छ । सुसाइड नोटमा यो कदमको लागि उनले कसैलाई पनि दोषी ठहराएका छैनन् । यसका साथै उनले परिवार तथा साथीमा शुभलाभकाे कामना गरेका छन् ।

डाक्टरकी श्रीमतीका अनुसार उनी कोभिड वार्डमा काम गर्दथे । उनमा त्यस्तो डिप्रेसन अथवा चिन्ताका लक्षणहरू थिएनन् ।

प्रहरीले अनुसन्धान जारी राखेको छ । पोष्टमार्टम गरेर शवलाई परिवारको जिम्मा लगाइएको छ । 





  • प्रकाशित मिति : वैशाख १९, २०७८ आइतबार १५:२२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया