प्रियंका कार्कीको 'प्रेगनेन्सी फन्डा'

अभिनेत्री प्रियंका कार्की नेपाली मिडियाका लागि मसला हुन् । उनी विभिन्न समय विभिन्न फन्डा गरेर चर्चामा आइरहेकी हुन्छिन् । अघिल्लो वर्ष वैवाहिक जीवन सुरु गरेकी प्रियंका बिहेको केही समय मौन जस्तै रहिन् ।

बिहेअघि चर्चा र विवादको शिखरमा रहने उनी बिहेपछि संस्कारी बुहारीको भूमिकामा देखा परिन् । छोटा कपडाका कारण पनि चर्चामा तानिने अभिनेत्री हुन् उनी । तर, बिहेपछि उनले संस्कारी बुहारीको पहिरनमा चुलो चौको गरेको भिडियो सार्वजनिक गरिन् । सामाजिक सञ्जालमा निक्कै आलोचना खेप्ने प्रियंकाले त्यसपछि ब्युटिफुल, क्युट, नेपाली नारी जस्ता प्रतिक्रिया पाइन् ।

उनै प्रियंकाले गत चैतको मध्यतिर आफू गर्भवती भएको खबर सार्वजनिक गरिन् । उनको गर्भिणी पेटमा उनका श्रीमान आयुष्मान देशराज जोशीले चुम्बन गर्दै गरेको फोटो सार्वजनिक गर्दै उनले क्याप्सनमा लेखिन, ‘हामी गर्भवती र्छौँ ।’ 

उनले प्रयोग गरेको यो वाक्यलाई लिएर मानिसहरु दुई कित्तामा विभाजित भए । एकाथरीले उनको समर्थन गरे, अर्काथरीले टिप्पणी । धेरैलाई भने उनको यो अभिव्यक्ति गज्जब लाग्यो । गज्जब मान्नेहरुको छायाँमा परे उनीविरुद्ध आएका टिप्पणीहरु । उनलाई सबैले बधाई दिए ।

त्यसपछि सुरु भयो उनको ‘प्रेगनेन्सी फण्डा’ । उनले विभिन्न तरिकाले आफ्नो पेट सार्वजनिक गर्न थालिन् । निरन्तर सामाजिक सञ्जालमा बेबी बम्पका तस्बिर सार्वजनिक गरिरहेकी प्रियंकाले सोही क्रममा उनीसँगै गर्भवती भएकी अर्की अभिनेत्री ऋचा शर्मासँगको ‘टक शो’ लिएर आइन् । 



उनीहरुले त्यहाँ ‘डबल बेबी बम्प’का बारेमा कुराकानी गरे । गर्भवती अवस्था र फ्यामिली प्लानिङदेखि भविष्यसम्मका कुरा गरे । उनीहरुको यो वार्तालाई धेरैले मन पराए पनि ।

सन्तानको पर्खाइमा रहेका यी दुई अभिनेत्री केही साताको अन्तरालमा आमा बन्दैछन् । प्रियंकाले सार्वजनिक गरेको दुई सातापछि ऋचाले आफू आमा बन्न लागेको खबर सार्वजनिक गरेकी थिइन् । प्रियंका र ऋचाको खबर सार्वजनिक गर्ने शैली फरक थियो । 



ऋचाले नयाँ वर्षको दिन नीमको बिरुवा रोपेर पानी हाल्दै गरेको तस्बिर सार्वजनिक गर्दै आमाको सम्झना गरेर आफू आमा बन्न लागेको खबर सार्वजनिक गरेकी थिइन् । त्यसैले ऋचा र प्रियंकाले ‘यो सुन्दर संयोग’लाई सम्झन लायक बनाए । उनीहरु दुवैले फरक फरक ड्रेसअपमा भिडियो अपलोड गरे । शुभचिन्तकले प्रशंसा गरे । केहीले गाली पनि गरे ।

लगत्तै, अभिनेत्री प्रियंका कार्कीले इन्स्टाग्राममार्फत एक फोटो सार्वजनिक गरिन् । जुन फोटोमा उनी आफू जुस खाइरहेकी छन् । यति मात्रै होइन् आफ्नो पेटमा मानव आकृति बनाएर नाभिबाट जुसको पाइप लगाइएको छ । अर्थात् उनले आफ्नो गर्भभित्र रहेको बच्चालाई आफ्नो नाभिमार्फत जुस पिलाएकी छन् । उनको यो तस्बिरलाई लिएर उनको पुनः टिकाटिप्पणी सुरु भएको छ । 

  • प्रकाशित मिति : वैशाख २०, २०७८ साेमबार ११:२४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया