प्रधानमन्त्रीले विश्वासको मत लिँदा जसपामा तानातान, १५ तटस्थ, १५ विपक्षमा

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने क्रममा जनता समाजवादीका सांसद तानातान भएका छन्। विश्वासको मतका लागि विभाजन हुने क्रममा जसपाको महन्थ ठाकुर पक्षका दुई सांसदले विपक्षमा मतदान गरेका छन् भने  उपेन्द्र यादव पक्षका दुईजना सांसद तटस्थ बसेका छन्। 

जसपामा ठाकुर पक्ष तटस्थ बसेको हो भने यादव पक्षले ओलीको विपक्षमा मतदान गर्‍यो। जसपाका ३२ सांसदमध्ये लक्ष्मणलाल कर्ण  र रुही नाझ अनुपस्थित भए। उपस्थित भएकामध्ये १५ जनाले विपक्षमा मतदान गरे भने १५ जना तटस्थ बसिदिए।

यस्तोमा ठाकुर पक्षका सांसदहरु महेन्द्र राय यादव र चन्द्रकान्त चौधरीले उपेन्द्र यादवको पक्षमा उभिए ओलीको विपक्षमा मतदान गरे। उता यादव पक्षका विमल श्रीवास्तव र उमाशंकर अरगरिया ठाकुरतर्फ आएर तटस्थमा बसिदिए।  

जसपामा जम्मा ३४ जना सांसद थिए। जसमा रेशम चौधरी र अर्का सांसद निलम्बित छन्। प्रधानमन्त्री ओलीले जसपालाई रिझाउन मधेस आन्दोलनका मुद्दा पनि फिर्ता गरिदिएका थिए। यस्तोमा ठाकुर पक्ष तटस्थ बसिदियो। तर यसले गर्दा ओलीको विपक्षमा रहेका माओवादी र कांग्रेसलाई पनि नयाँ सरकारका लागि बहुमत जुटाउन कठिन भएको छ।





  • प्रकाशित मिति : वैशाख २७, २०७८ साेमबार १८:१६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया