कोरोनाका बिरामी उपचार गर्न गोल्छा समूहले पाटन अस्पताललाई दियो एक करोड

कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाउन गोल्छा समूहले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक करोड सहयोग गरेको छ।

गोल्छा ग्रुपका अध्यक्ष एवम् प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेशनाथ गोंगललाई एक करोड सहयोग हस्तान्तरण गरेका छन्। 

कोरोनाको पहिलो लहरमा कयौँ संक्रमितको उपचार गरेको पाटन अस्पताललाई दोस्रो लहरको कोरोनाविरुद्धको अभियानमा अझै बलियो बनाउन उक्त सहयोग गरिएको गोल्छा समूहले जनाएको छ। 

अस्पतालले उक्त रकम अक्सिजन व्यवस्थापन गर्न, उपकरण अभाव पूर्ति गर्न, स्वास्थ्यकर्मीको सेवा सहज बनाउन र बिरामीलाई आवश्यक बेड संख्या बढाउन खर्च गरिने प्रतिष्ठानले जनाएको छ।

समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले कोरोनाको दोस्रो लहरबाट मुलुक अप्ठेरोमा परेको बताउँदै यस्तो बेलामा अस्पताललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताएका छन्।

अघिल्लो लकडाउनमा सिंगापुरको परोपकारी संस्था टेमासेक फाउन्डेसनबाट अनुदान प्राप्त १० हजार पिसिआर फर्टिट्यूड किट प्लेन चार्टर्ड गरेर सरकारलाई दिइएको पनि गोल्छाले बताए। प्रतिष्ठानका उपकुलपति गोंगलले विषम परिस्थितिमा आवश्यक उपकरण र सेवा सहज बनाउन यो सहयोगले भूमिका खेल्ने बताए।





  • प्रकाशित मिति : वैशाख २८, २०७८ मंगलबार १२:२७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया