logo-img

कर्णाली अस्पतालमा उपचाररत थप ६ जनाको कोरोनाबाट मृत्यु

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेश अस्पतालका ६ सहित सल्यानका एक र रुकुम पश्चिमका एक गरी कर्णालीमा ८ जनाको मृत्यु भएको छ । यो सँगै कर्णालीमा कुल संक्रमितमध्ये मृत्यु हुनेको संख्या १४२ पुगेको छ । 

पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ४७२ र एन्टिजेन विधिबाट १४६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै थप २४९ जना संक्रमित उपचारपछि निको भएका छन् । हाल कर्णालीमा ५ हजार ३०५ जना सक्रिय संक्रमित रहेका छन् ।
 







  • प्रकाशित मिति : जेठ १, २०७८ शनिबार १९:१५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया