आज मेरो राजनीतिक जीवनकै कठिन दिन : योगेश भट्टराई

नेकपा एमालेका नेता तथा सांसद योगेश भट्टराईले पार्टीको एकता जोगिएका की भनेर आफूले विपक्षीको सरकार बनाउनका लागि हस्ताक्षर नगरेको बताएका छन् । 

उनले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै आजको दिन आफ्नो राजनीतिक इतिहासमा कठिन दिन भएको बताएका छन् ।  आफ्नो यो निर्णय सही थियो वा गलत भन्ने भनेर इतिहासले गर्ने मूल्यांकनका लागि खडा भएको धारणा राखेका छन् ।

उनले आफ्नै दलको सरकार ढालेर विपक्षीलाई सत्तामा लैजाने प्रस्तावमा हस्ताक्षर गर्न राजनीतिक रुपमा अनुचित हुने भन्दै उक्त प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए।

एमालेमा विवाद देखिएदेखि मिलाउने प्रयासमा लागिरहेका भट्टराईले देउवालाई प्रम बनाउने प्रस्तावमा हस्ताक्षर अस्वीकार गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ। अन्य ६ जना सांसदले पनि संसद बोलाउन लिइएको हस्ताक्षर प्रतिपक्षी नेतालाई सघाउन प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच चलिरहेको विवाद मिलाउन पछिल्लो समय उनी खटिएका थिए। उनले ओली र नेपाल दुवैलाई भेटेर पार्टीको विवाद वार्तामा बसेर मिलाउन दबाब दिँदै आएका थिए। उनीसहितका दोस्रो तहका नेताहरुको निरन्तर दबाबपछि ओली-नेपाल वार्तामा बसेर सहमति जुटाउने बिन्दुमा पुगेका थिए। 



 



 

  • प्रकाशित मिति : जेठ ७, २०७८ शुक्रबार २०:१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया