राजेन्द्र महतोको मुक्ति आन्दोलनबारे ओली अनविज्ञ हुँदा वामदेव चकित
फाइल फोटो

शुक्रबार मात्रै केपी ओली सरकारको मन्त्री नियुक्त भएका जसपा नेता राजेन्द्र महतोको अभिव्यक्तिप्रति एमाले नेता वामदेव गौतमले आपत्ति जनाएका छन् । 

गौतमले शनिबार सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै महतोको अभिव्यक्तिबाट दुखी भएको बताएका हुन् । 

‘राजेन्द्र महतोले संविधानको मर्मविपरीत कार्य गर्नेछैन भनी शपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि सञ्चालन गरिरहेको भनेको सुन्दा म अत्यन्त दुखी भएको छु’ गौतमले भनेका छन् । 
नेपालको संविधानले नेपाललाई जातीय भाषिक विविधता भएको एक राष्ट्र र एक राज्यका रुपमा व्याख्या गरेकाले  बहुराष्ट्र बनाउने भन्ने महतोको अभिव्यक्ति आपत्तिजनक रहेको गौतमको भनाइ छ। 

अहिले पनि उनको आशय नेपाललाई विखण्डन गर्ने देखिएको आरोप उनले गौतमले लगाएका छन् । 

‘नेपाललाई विघटन गर्ने आन्दोलन कुनैपनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन’ गौतमको भनेका छन्, ‘राजेन्द्र जीको त्यो मागलाई अस्वीकार र विरोध मात्र गर्न सकिन्छ ।’

राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा प्रधानमन्त्री ओलीले अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चर्यचकित भएको गौतमले बताएका छन् । 





  • प्रकाशित मिति : जेठ २२, २०७८ शनिबार १५:१२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया