माधव समूहलाई सूर्य थापाको कटाक्ष :सत्ता स्वार्थ पूरा गर्न नसकेकाको वक्तव्यबाजी

नेकपा एमालेका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफूलाई समर्थन नगरेको रिसमा राजेन्द्र महतोमाथि खनाल-नेपाल समूहले वक्तव्यबाजी गरेको बताएका छन् । 

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री महतोले आफ्नो अभिव्यक्ति सुधार गरिसक्दा पनि खनाल-नेपाल समूह आफ्नो स्वार्थ पूरा नभएको रिसमा वक्तव्यबाजीमा लागेको थापाले बताएका हुन् । 

प्रायः गठबन्धन सरकारमा मन्त्रीहरुका अभिव्यक्ति विवादास्पद हुने गरेको थापाले बताए । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'उपप्रधानमन्त्री राजेन्द्र महतो त्यसका पछिल्लो पात्र बने, तर दुई दिनमै गल्ती सच्याए ।' 

महतोले आफ्नो गल्ती सच्याए पनि आफूलाई महतोले समर्थन नगर्दा सत्तामा पुग्न नपाएको रिसमा वक्तव्यबाजी भइरहेको थापाले लेखेका छन् । थापा लेख्छन्, 'महतोको समर्थन नपाई सत्ता स्वार्थ पूरा गर्न नसकेर वक्तव्यबाजी गर्नेहरूको बुमेराङ साँच्चै हेर्न लायक छ !'

 





  • प्रकाशित मिति : जेठ २३, २०७८ आइतबार १०:४९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया