जर्मनी युरोपियन च्याम्पियन, पोर्चुगल पराजित

जर्मनीले २१ वर्ष मुनीको युरोपियन च्याम्पियनसिप जितेको छ । जर्मनी पोर्चुगललाई हराउँदै यू–२१ फुटबलको युरोपियन च्याम्पियन बनेको हो ।

गएराति भएको फाइनल खेलमा पोर्चुगललाई १–० गोल अन्तरले पराजित गर्दै जर्मनी युरोपको च्याम्पियन बन्न सफल भएका हो । 

जर्मनीलाई च्याम्पियन बनाउनका लागि एकमात्र गोल लुकास नेमेचाले गरे । नेमेचाले खेलको ४९औँ मिनेटमा गोल गर्दै जर्मनीको युवा टिमलाई युरो च्याम्पियन बनाए ।

जर्मनी तेस्रो पटक यू–२१ को युरो च्याम्पियन बनेको हो । पोर्चुगल भने तेस्रो पटकको फाइनलमा पनि पराजित हुँदै उपाधिबाट बञ्चित बन्न पुग्यो । 

 





  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार ७:३२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया