युरो कप : बेल्जियमको शानदार सुरुवात

रोमेलु लुकाकु चम्किएपछि बेल्जियमले युरो कप फुटबलमा विजयी सुरुवात गरेका छ । १६औँ संस्करणको युरो कप फुटबलको आफ्नो पहिलो खेलमा बेल्जियमले रुसलाई पराजित गरेको हो । 

गएराति सेन्ट पिटर्सवर्गमा भएको खेलमा बेल्जियमले घरेलु टिम रुसलाई ३–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

रुसविरुद्ध बेल्जियमलाई जित दिलाउन लुकाकुले दुई गोल गरे । यस्तै थोमस मुनिएरले अर्को एक गोल गरे । खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

लुकाकुले आफ्नो गोल खेल दौरान हृदयघात भएर अस्पताल भर्ना भएका इन्टर मिलानका सहकर्मी तथा डेनमार्कका क्रिस्टियन एरिक्सनलाई समर्पण गरे । फिनल्याण्ड विरुद्धको खेल दौरान एरिक्सन अचेत भएर ढलेका थिए ।

यससँगै खेलको ३४औँ मिनेटमा थोमसले गोल गर्दै बेल्जियमलाई २–० को अग्रता दिलाए  । खेलको ८८औँ मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३–० गोल अन्तरको शानदार जित दिलाए । 



जितसँगै बेल्जियमले युरोकपको पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोडेको छ । समूह ’बी’ मा रहेको बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ ।

रुसले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । रुस समूहको पुछारमा रहेको छ । समूह बी मा ३ अंक जोडेको फिनल्याण्ड दोस्रो स्थानमा छ । डेनमार्क अंक विहीन रहँदै तेस्रो स्थानमा रहेको छ ।



  • प्रकाशित मिति : जेठ ३०, २०७८ आइतबार ७:३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया