वीरेन्द्रनगर नगरपालिकाको बजेट १ अर्ब ५६ करोड

कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले डेढ अर्बभन्दा बढी बजेट ल्याएको छ । 

बिहीबार नगरपालिकाको नवौँ नगरसभामा उपप्रमुख मोहनमाया ढकालले एक अर्ब ५६ करोड ५२ हजार ६ सय ३५ रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । जसमा चालूतर्फ १ अर्ब १३ करोड १९ लाख २६ हजार र पुँजीगततर्फ ४३ करोड ३३ लाख ३६ हजार छुट्याइएको छ । 

नीति तथा कार्यक्रममा उपप्रमुख ढकालले कोभिड–१९ तथा स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, कृषि, पर्यटन, सार्वजनिक निर्माण र पर्यावरणलगायत विषयलाई प्राथमिकतामा राखेको बताइन् । 

बजेटमा नगरभित्रै गुणस्तरीय बीउ र खाद्यान्न उत्पादन गर्नका लागि ‘एक वडा एक सामुदायिक बीउ बैंक’ स्थापना गर्ने उल्लेख गरेको छ । 

यस्तै, कोभिड–१९ सामना गर्न जनचाहनाअनुरुप समग्र विकासका काम अगाडि बढाउने, पूर्वाधारको विकास विस्तारबाट जीवनस्तरमा सहजता ल्याउने, नगरपालिकालाई शैक्षिक र पर्यटकीय गन्तव्य बन्ने आधार तय गर्ने, युवामा सक्षमता, अनुशासन, स्वावलम्बनको विकास गर्न युवा प्रतिभा पहिचान तथा प्रवद्र्धनका कार्य गर्ने उद्देश्य राखिएको छ ।





  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार १८:५१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया