पाकिस्तानमा हतियारधारीको हमलामा परी ५ सैनिकको मृत्यु

पाकिस्तानमा हतियारधारीको हमलामा परी पाँच सैनिकको मृत्यु भएको छ । यसै गरी करिब २७ सेना घाइते भएका छन् । घाइते सैनिकको अवस्था गम्भीर रहेको छ ।

पाकिस्तान सशस्त्र बलको मिडिया शाखा इन्टर सर्भिस पब्लिक रिलेसनले यस कुराको पुष्टि गरेको हो ।

पाकिस्तानी पत्रिका डनका अनुसार बलुचिस्तानको सिबी जिल्लास्थित संगन इलाकामा सैनिक र हतियारधारीबीच भिडन्त भएको थियो ।

घटनापछि हतियारधारी फायरिङ गर्दै भागेको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन् । घटना भएको क्षेत्रलाई पूर्णरूपमा सिल गरिएको छ । 

दुई दिनअगाडि लाहौरमा मुम्बइ हमलाका मास्टरमाइन्ड हाफिज सइदको घरबाहिर ब्ल्यास्ट भएको थियो । ब्ल्यास्टमा परी ३ जनाले ज्यान गुमाएका थिए ।

पाकिस्तानमा हतियारधारीले गरेको यो हमला तेस्रो हमला हो ।  
 
 





  • प्रकाशित मिति : असार १२, २०७८ शनिबार ६:४८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया