दक्षिण अफ्रिकाको जितसँगै सिरिज बराबरीमा

घरेलु टोली वेस्ट इन्डिजविरुद्ध ५ खेलको टि-२० सिरिजको दोस्रो खेलमा खेलमा दक्षिण अफ्रिकाले जित दर्ता गरेको छ । ऊ आइतबार राति भएको खेलमा १६ रनले विजयी भएको हो ।

दक्षिण अफ्रिकाले दिएको १६७ रनको लक्ष्य वेस्ट इन्डिजले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाएर १५० रन मात्र जोड्न सक्यो । 

उसका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ३५ रनको योगदान दिए । फाबिया एलनले ३४ र इभन लुइसले २१ रन जोडे ।

दक्षिण अफ्रिकाका लागि कागिसो राबडाले ३, जर्ज लिन्डेले २ विकेट हात पार्दा ताबरेज साम्सी, एनरिच नोत्जे र लुङ्गी एनगिडीले समान १-१ विकेट लिए । १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यसअघि नेस्नल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६६ रनको योगफल तयार पारेको थियो ।

उसका लागि कप्तान टिम्बा बाभुमाले सर्वाधिक ४६ रन बनाए । रिजा हेन्ड्रिक्सले ४२ र डेविड मिलरले ११ रनको योगदान दिए ।



वेस्ट इन्डिजका लागि ओबेड म्याककोएले ३, केभिन सिन्क्लेयरले २ विकेट लिँदा जेसन होल्डर र अन्द्रे रसेलले समान १-१ विकेट हात पारे ।

दक्षिण अफ्रिकाको जितसँगै सिरिज १-१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा वेस्ट इन्डिज ८ विकेटले विजयी भएको थियो । तेस्रो खेल जुन २९ मा हुनेछ ।



  • प्रकाशित मिति : असार १४, २०७८ साेमबार ६:१७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया