धान दिवसको अवसरमा कर्णालीमा बिदा
वीरेन्द्रनगर–१० स्थित बुलबुले तालआसपासका खेतमा धान रोप्दै किसानहरु । तस्बिर : वसन्त भण्डारी/फरकधार

धान दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । असार १५ गते धान दिवसको अवसरमा प्रदेशको जुम्लाबाहेकका नौवटा जिल्लामा बिदा दिने निर्णय भएको हो । 

प्रदेश सरकारको ०७८ वैशाख १७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार असार १५ गते सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए । 

प्रवक्ता खड्काले सोमबार एक सूचना जारी गर्दै धान दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराए । नेपालमा हरेक वर्ष असार १५ गते धान दिवस मनाउने गरिन्छ । 





  • प्रकाशित मिति : असार १४, २०७८ साेमबार १६:१८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया