नदी किनारका बासिन्दालाई सचेत भएर बस्न जिल्ला प्रशासन कार्यालय रौतहटको आग्रह

लगातार भइरहेको वर्षाका कारण रौतहटका मुख्य नदीहरूको जलस्तर बढेको छ ।  जलस्तर बढेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले नदी किनारका बासिन्दाहरूलाई सचेत भएर बस्न आग्रह गरेका छन् ।  

रौतहटका अधिकांश भागमा विगत तीन दिनदेखि लगातार वर्षा भइरहेको छ । पहाडी तथा चुरे भेगमा भइरहेको वर्षाबाट बागमती नदीको बहाव उच्च भएपछि बुधवार बिहानै बागमती सिचाँइ आयोजनाको ३० वटै ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले जानकारी दिए ।

बागमतीको सबै ढोका खोलिए पनि पूर्वी र पश्चिमी दुवै नहरमा पानी छोडिएको छैन । सबै ढोकाका साथसाथै ६ वटा सुलिस गेट पनि खोलिएको छ ।  

बागमती नदीको साथै लाल बकैया झाँझ, चाँदी, लगायतको नदीहरूमा पानीको सतह उच्च बिन्दुमा रहँदा नदी किनारका बस्तीहरूका बासिन्दालाई सचेत भएर बस्न तथा तटीय क्षेत्रमा नजान समेत प्रजिअ यादवले आग्रह गरेका छन् । 
 





  • प्रकाशित मिति : असार १६, २०७८ बुधबार १३:२५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया