देशमा न्याय मरेको छैन भन्ने पुष्टि भयो : प्रकाश ज्वाला

नेकपा एमालेका कर्णाली प्रदेशका सांसद प्रकाश ज्वालाले सर्वोच्च अदालतको आदेश स्वागतयोग्य भएको बताएका छन् । सोमबार सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेर सात दिनभित्र संसद् बैठक बोलाउनका लागि आदेश दिएपछि माधव नेपाल समूहका ज्वालाले त्यसको स्वागत गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै ज्वालाले सर्वोच्चको आदेशबाट संविधान, लोकतन्त्र र सार्वभौम जनप्रतिनिधिमूलक प्रतिनिधिसभाको रक्षा सुनिश्चित भएको बताए । ‘सबैखाले षड्यन्त्रहरु परास्त भएका छन,’ ज्वालाले भनेका छन्, ‘प्रतिगमन फेरि पराजित भएको छ ।’ 

संविधान र लोकतान्त्रप्रतिको निष्ठा र साख कायम राख्न अदालतमा निवेदन दिएर अटल विश्वास कायम गर्ने सबै सांसद र प्रतिगमनविरोधी राजनीतिक दलका नेतालाई उनले बधाई दिएका छन् । 

‘यो देशमा न्याय मरेको छैन भन्ने फेरि एकपटक पुष्टि भएको छ, जनताको न्यायालयप्रति उच्च सम्मान छ,’ उनले भनेका छन्, ‘अब लोकतान्त्र र संविधान लिकमा हिँड्नेछ ।’

आफूहरु सधैँ सत्य, न्याय र निष्ठाको बाटोमा रहेको भन्दै ज्वालाले अनेकौँ चुनौतीका बीच यो जित र सफलता प्राप्त भएको बताए । साथै उनले आगामी दिनमा लोकतन्त्र सुदृढ गर्ने, संविधानलाई सही ढंगले कार्यान्वयन गर्ने र समृृद्धिको यात्रामा सबै राजनीतिक अघि बढ्ने उनले विश्वाससहित शुभकामना व्यक्त गरेका छन् । 





  • प्रकाशित मिति : असार २८, २०७८ साेमबार २०:३८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया