अन्ततः काबुल पुगे तालिबानका लडाकु
फाइल फाेटाे

तालिबानका लडाकुहरू अफगानिस्तानको राजधानी काबुल नजिक पुगेको समाचार एजेन्सी एएफसपीले जनाएको छ । 

तालिवानले  आइतबार बिहानमात्र देशको पूर्वमा रहेको मुख्य सहर जलालावादमा बिना संघर्ष कब्जा गरेको थियो ।

विदेशी सञ्चारमाध्यमका अनुसार तालिबानका नेताले अफगान सरकारसँग वार्ता गरिरहेको छ । 

तालिबानले आफ्नो बयानमा भनेको छ,‘हाम्रा लडाकु सहरको बाहिरी इलाकामा छन् तर अहिले नै सहरभित्र छिर्दैनन् । यद्यपि सरकारको साथमा सत्ता हस्तान्तरण र सुरक्षाको विषयलाई लिएर वार्ता भइरहेको छ ।’

यता अफगान राष्ट्रपति असरफ गनीले केही समय अगाडि ट्विटरमा राजधानीमा स्थिति नियन्त्रणमा रहेको बताएका थिए ।

समाचार एजेन्सी एपीका अनुसार तालिबानले भनेकाे छ, 'हामीले शक्तिको प्रयोग गरेर काबुलमा कब्जा गर्न चाहँदैनाैँ ।'



२० वर्षकाे सैन्य अभियानपछि अमेरिकी सैनिकको फिर्ती भएको छ । फिर्तीसँगै तालिबानको ज्यादती बढ्दै गइरहेको छ । अफगानी सैनिक र तालिबानबीच देशका विभिन्न क्षेत्रमा संघर्ष जारी छ । 

संयुक्त राष्ट्र संघका अनुसार बितेको तीन महिनामा तालिबान र सुरक्षाकर्मीबीच झडप हुँदा एक हजारभन्दा धेरै आमनागरिक मरिसकेका छन् । यसैगरी करिब ढाइ लाख नागरिक विस्थापित भएका छन् ।



  • प्रकाशित मिति : साउन ३१, २०७८ आइतबार १४:४४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया