logo-img

भागरथीको परिवारलाई साढे २ लाख आर्थिक सहयोग

बैतडीमा हत्या गरिएकी भागरथी भट्टको परिवारलाई आर्थिक सहयोग गरिएको छ। नेपालिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ), गैरआवासीय नेपाली संघ अस्ट्रेलिया र सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाको सहकार्यमा संकलन भएको २ लाख ७० हजार ८ सय ४० रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।

स्वर्गीय भट्टका परिवारलाई च्यारिटी क्रिकेट म्याच २०२१ को आयोजनाबाट उठेको रकम हस्तान्तरण गरिएको थियो । म्याच सहभागीबाट उठेको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । 

उक्त म्याच ३ वर्षदेखि हुँदै आएको न्याभका उपाध्यक्ष तथा च्यारिटी म्याचका संयोजक प्रेमराज उप्रेतीले बताए । शनिबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टमार्फत भट्टका परिवारलाई रकम हस्तान्तरण गरिएको हो ।



विकासमा सिर्जनशीलता नेपाल सिआइडी नामक संस्थाको सहकार्य र समन्वयमा उक्त रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो ।
 
भागरथी भट्टका परिवारलाई आर्थिक सहयोग पुर्याउने उद्देश्यले च्यारिटी क्रिकेट म्याच २०२१ को आयोजना गरिएको थियो, जसमा न्याभ– ११ र एन आर एन ए– ११ टिमबीच प्रतिस्पर्धा भएको थियो ।

सो च्यारिटी म्याचका सहभागीले व्यक्तिगत सहयोग गरी उठेको रकममा मल्टीडाइनामिक रिअल स्टेट (जो अस्ट्रेलियाका नेपालीबीच चिरपरिचित नाम हो) ले त्यति नै रकम थप गरी जम्मा २ लाख ७० हजार ८ सय ४० रुपैयाँ संकलन भएको थियो ।





  • प्रकाशित मिति : भदौ १२, २०७८ शनिबार १९:२२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया