logo-img

कोसँग अफेयरमा छिन् केकी ?

अभिनेत्री केकी अधिकारीले नेपाली फिल्मी क्षेत्रमा आफ्नो पहिचान निकै राम्रोसँग स्थापित गरिसकेकी छिन् । पछिल्लो समय बौद्धिक वा अपडेटेड अभिनेत्रीका रुपमा पनि अधिकारीलाई लिने गरिन्छ । 

तिनै केकीले केही समयअघि एक फिल्मको कामका लागि कपाल मुण्डन गरेकी छिन् ।

फिल्म बोक्सीको घरका लागि उनले कपाल मुण्डन गराएकी थिइन् । यो फिल्म रिलिज भइसकेको छ । यहीबीच केकीले पछिल्लो एक अन्तर्वार्तामा आफूले कपाल मुण्डन गरेकाले निकै विभेद महसुस गरेको बताएकी छिन् ।



उनले कपाल मुण्डन गरेपछि आफूलाई फिल्ममा पहिलेको जस्तो अफर नगरिएको बताएकी छिन् ।

यही अन्तर्वार्तामा उनले आफू अहिले सिंगल नभएको पनि बताएकी छिन् । आफू अफेयरमा रहेको बताएकी केकीले भने कोसँग प्रेममा छिन् भन्ने खुलाएकी छैनन् ।





  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार २२:४०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया