ला-लिगामा इनाकी विलियम्सको नयाँ कीर्तिमान

स्पेनिस ला-लिगामा एथ्लेटिक बिल्बाओका फरवार्ड इनाकी विलियम्सले नयाँ कीर्तिमान बनाएका छन् ।

स्पेनिस फरवार्ड विलियम्सले ला-लिगामा लगातार २०३ खेल खेल्ने खेलाडीको  कीर्तिमान बनाएका हुन् । ला-लिगा अन्तर्गत शुक्रबार राति डिपोर्टिभो अलाभेसविरुद्धको खेल खेल्दै विलियम्सले यो कीर्तिमान कायम गरे ।

विलियम्सले रियल सोसिडाडका पूर्व डिफेन्डर एन्डोनी लारंगाको कीर्तिमान तोडेका हुन् । सन् १९८६ देखि १९९२ सम्म उनले लगातार २०२ खेल खेल्दै कीर्तिमान बनाएका थिए ।

२७ वर्षीय विलियम्सले २०१६ को अप्रिल २० मा एट्लेटिको मड्रिडविरुद्ध खेलेयता ला-लिगाका हरेक खेल खेलिरहेका छन् । विलियम्सले २०३ खेल खेल्दा ३९ गोल र २५ गोलका लागि अवसर सिर्जना गरेका छन् ।






  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार १२:२१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया