लागुपदार्थ कारोबारमा शाहरुखका छोरा आर्यनपछि चंकी पाण्डेकी छोरी अनन्या पनि तानिइन्

लागुपदार्थ कारोबारको आरोपमा बलिउड अभिनेताका छोरा–छोरी तानिने क्रम जारी छ । शाहरुख खानका छोरा आर्यन खानलाई हिरासतमा लिएको भारतीय प्रहरीले अभिनेता चंकी पाण्डेकी छोरी एवं अभिनेत्री अनन्या पाण्डेको घरमा छापा मारेको छ।

आर्यन खानसँग जोडिएको क्रुज ड्रग्स पार्टी केसको छानबिन गर्ने क्रममा बिहीबार नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले अनन्याको मुम्बईस्थित घरमा छापा मारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  

एनसिबीले गत असोज १७ गते मुम्बईको एउटा पानीजहाजमा छापा मारेर शाहरुख खानका छोरा आर्यनलाई पक्राउ गरेको थियो।

एनसिबीको अनुसन्धानका क्रममा आर्यनसँग अनन्या पनि यो केसमा जोडिएको हुनसक्ने आंकामा उनको घरमा छापा मारेको हो । अनन्यालाई स्पष्टीकरणका लागि एनसिबीले पत्र काटोको छ । 

इन्टरनेटमा सार्वजनिक एउटा भिडिओमा अभिनेत्री अनन्याको घरबाट एनसिबीका पदाधिकारी निस्किरहेको देखिएको सञ्चारमाध्यमले जनाएका छन् । एनसिबी छापाबारे विस्तृत विवरण खुल्न बाँकी छ ।





  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १७:३१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया