logo-img

शिव अवतारमा प्रस्तुत हुँदै अक्षय

बलिउड अभिनेता अक्षय कुमार शिव अवतारमा प्रस्तुत हुने भएका छन् । केही समयअघि मात्रै छायांकनमा गएको चलचित्र ‘ओ माई गड-२’मा उनी शिवको अवतारमा देखिने भएका हुन् ।

चलचित्रको फर्स्ट लुक्स सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अक्षयलाई शिव अवतारमा देख्न सकिन्छ । चलचित्रमा अक्षयका साथमा पंकज त्रिपाठीले शीर्ष भूमिकामा रहेर अभिनय गर्नेछन् ।

चलचित्र ‘ओ माई गड-२’ले एउटा महत्वपूर्ण मुद्दालाई उठान गर्ने अक्षयले उल्लेख गरेका छन् । अमित रायले निर्देशन गर्ने यो चलचित्रमा यात्री गौतमको पनि मुख्य भूमिका रहने छ । उज्जैनबाट छायांकन सुरु भएको चलचित्र ‘ओ माई गड-२’ १७ दिनसम्म सोही स्थानमा छायांकन हुनेछ ।





  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १३:८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया