प्रधानन्यायाधीशले तत्काल राजीनामा नदिए आन्दोलन गछौँ : गोविन्द केसी

प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले प्रधानन्यायाधीशको राजीनामा माग गरेका हुन् । 

डा. केसीले प्रधानन्यायाधीश राणा  न्यायिक विचलन, भागवण्डा, सौदाबाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको पनि आरोप लगाएका छन् ।

‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा न्यायिक विचलन, भागवण्डा, सौदावाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएर न्यायिक नैतिकताबाट च्युत भएको हुँदा न्यायालयको स्वतन्त्रता र स्वच्छताको रक्षाको लागि तत्काल उहाँको राजीनामाको माग गर्दछौं,’ डा. केसीद्वारा विज्ञप्तिमा भनिएको छ ।

उनले तत्काल राजीनामा नदिएमा प्रधानन्यायाधीश राणालाई पदमुक्त गर्न अहिंसात्मक आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएका छन् । 





  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार १९:१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया