आचार्यले पाइन् नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा प्रदान गर्दै आएको नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कारबाट रसुवाकी पत्रकार अनु आचार्य सम्मानित भएकी छन् ।

मंगलबार नेपाल पत्रकार महासंघमा एक कार्यक्रमको आयोजना गरी आचार्यलाई सम्मान गरिएको हो । कानुनमन्त्री दिलेन्द्र बडूले पत्रकार आचार्यलाई सम्मान गरेका हुन्।

नेजाको सातौं अधिवेशन तथा १४औं साधारणसभाको उद्घाटन सत्रमा आचार्यलाई नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । २ लाख २२ हजार २२२ सहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको नेपाल पत्रकार महासंघले जनाएको छ । 

नेजाका अध्यक्ष विकासराज न्यौपानेले नेपालको ग्रामीण क्षेत्रमा रहेर जनतालाई सुसूचित गर्नेमध्ये एकजना पत्रकारलाई नेजाले नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्दै आएको बताए । 

नेजाले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा हरेक २ वर्षमा नेपालका ग्रामीण जिल्लामा बसेर पत्रकारिता गर्ने उत्कृष्ट पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आएको जनाएको छ ।

नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार लिँदै आचार्यले ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्न चुनौति रहेको भन्दै पुरस्कारले आगामी दिनमा पेशाप्रति क्रियाशील हुन हौसला प्रदान गरेको बताइन् ।
-न्युज कारखाना





  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार ८:५५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया